असोज ०५, २०८१, शनिबार
               

थप १२४ जना कोरोना संक्रमणमुक्त

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा थप १२४ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार २०१ जना पुगेकाे छ । 

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । 

यो संख्या कुल संक्रमितमध्ये ६६.१ प्रतिशत रहेकाे स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १०२ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि