असोज ०५, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा थप ९८ जनालाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । शनिबार काठमाडौं जिल्लामा ८० जना संक्रमित थप भएका छन् । 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण देखिएकाे छ । 

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप ९८ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडाैंका ८० जना, ललितपुरका ९ र भक्तपुरका ९ जनामा कोरोना पुष्टि भएकाे हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडाैंका २४ जना, वीर अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ र काठमाडाैंका ३ जना, वी एण्ड वी अस्पतालमा गरिएको परिक्षणमा ललितपुरका १ जना र नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडाैंका २४ जनामा कोरोना पुष्टि भएकाे छ।

यस्तै स्टार अस्पताल सानेपामा गरिएको परिक्षण काठमाडाैंका १० र ललितपुरका ७ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका ८  जना र काठमाडाैंका ४ जना, विध ल्याबमा गरिएको परीक्षणमा काठमाडाैंका १० र ललितपुरका १ जना, विरेन्द्र अस्पतालमा गरिएकाे परीक्षणमा काठमाडाैंका ३ र सूर्य हेल्थ केयरमा गरिएकाे परीक्षणमा काठमाडाैँका २ जनामा कोरोना संक्रमण भएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि