असोज ०५, २०८१, शनिबार
               

शनिबार थपिए ४६८ जना संक्रमित

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार २०१ पुगेको छ । सकृय संक्रमितकाे संख्या ८ हजार १९३ जना छन् ।

आज ११ हजार ४७ पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म ५ लाख ५ हजार ६४७ पिसिआर परीक्षण भएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि