बैशाख २७, २०८१, बिहीबार
               

थापाथलीका दुई चिकित्सकलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । परोपकार प्रसूतिगृह थापाथलीका दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ऐनेस्थेसिया विभागका कार्यरत दुई जना रेसिडेन्ट चिकित्सकमा कोरोना पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।

पिसिआर परीक्षणका क्रममा शुक्रबार उनीहरुको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो ।

उनीहरुसँगै काम गरेको अन्य चिकित्सक तथा कर्मचारीको पिसिआर नै परीक्षण नगरिएकाले जोखिम बढेको अस्पतालका कर्मचारीले बताएका छन् ।

संक्रमित चिकित्सकलाई अस्पतालको आइसोलेसन भवनमा राखिएको छ । 


कस्तो लाग्यो ?

यो पनि