बैशाख २७, २०८१, बिहीबार
               

थप २३ जनामा कोरोना संक्रमण, क्यान्टिन संचालक पनि संक्रमित

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

वीरगञ्ज । पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

वीरगन्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा कार्यरत वीरगञ्ज–१८ भवानीपुर बस्ने ५५ र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । 

नारायणी बयोधा अस्पतालमा क्यान्टिन चलाउँदै आएका वीरगञ्जका २४ वर्षीय युवक, परवानीपुरकी ३५ वर्षीया महिला र वीरगञ्ज–१६ नगवाकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको हिमाल भान्छाघरमा क्वारेन्टिन बस्दै आएका ३५ वर्षीय युवक, वीरगञ्ज–१५ लक्ष्मणवाका ६० वर्षीय पुरुष, वीरगञ्ज–१३ राधेमाईका ४२ वर्षीय पुरुष, वीरगञ्ज–२० हरपतगञ्जका ५३ वर्षीय पुरुष र बाराको कलैया–१२ का ४१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी वीरगञ्ज–६ माईस्थानका १९ वर्षीय युवक र ४० वर्षीया महिला, वीरगञ्ज–१५ भिश्वाका ३० वर्षीय पुरुष, वीरगञ्जकै २६ वर्षीय युवक, वीरगञ्ज–२० अपौनीका ११ वर्षका बालक, ३५ र ६५ वर्षीया महिला, वीरगञ्जकै ११ वर्षीय बालक र वीरगञ्ज–२ छपकैयाकी २६ वर्षीया महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

उच्च सरकारी वकिल कार्यालयका २८ वर्षीय युवक, स्वाबलम्बन लघुवित्त संघका सब–म्यानेजर ५३ वर्षीय पुरुष, नेपाल इन्भेष्टमेन्ट बैंक जीतपुर शाखाका २८ वर्षीय युवक र पर्साको पर्सागढी नगरपालिका–८ हरपुरका २३ वर्षीय युवकको पनि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।


कस्तो लाग्यो ?

यो पनि