कास्की । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आज (शनिबार) बिहान १० जनामा कोरोना पुष्टि भएको ।
पोखरा-५ का ३९ वर्षीय पुरुष, पोखरा-८ का ३५ वर्षीय पुरुष र १५ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै तनहुँका २ जना, बागलुङका २ जना, गोरखा , स्याङजा र नवलपुरका १–१ जना गरि जम्मा १० जनामा कोरोना संक्रमण देखिएको निर्देशनालय जनाएको छ ।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लगिएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ९२ पुगेको छ ।