बैशाख २६, २०८१, बुधबार
               

चन्द्रागिरि नगरपालिकाले पाँच हजार पिसिआर परीक्षण गर्ने

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसिआर परीक्षण गर्नेभएको छ । 

काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पिसिआर परीक्षण गर्न लागेको हो । 

नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रत्येक वडामा ३०० व्यक्तिका दरले पिसिआर परीक्षण गर्न लागेको जानकारी दिए । “नगरपालिकाभित्र अग्र भागमा खटेर काम गर्ने व्यक्तिको पिसिआर परीक्षण गर्न लागेका हौँ”, उनले भने । 

नगरपालिकाभित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, औषधि र नाइ पसलमा कार्यरत व्यक्तिको पिसिआर परिक्षण गर्न लागिएको हो । 

नगरपालिकाले नेपाली सेनाको सहकार्यमा उक्त परीक्षण गर्न लागेको हो । संक्रमितको उपचारका लागि नगरपालिका–१ दहचोकमा रहेको मनमोहन अस्पतालमा आइसोलेसन सेन्टर स्थापना गर्न लागिएको छ । 

यसै हप्ताबाट सञ्चालनमा आउने उक्त आइसोलेशन २०० श्ययाको हुने बताइएको छ । हाल सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा चन्द्रागिरिका बासिन्दाको कोरोना परिक्षण गराइएको छ ।

चन्द्रागिरिमा हालसम्म ३४ जनामा कोरोना संक्रमण देखिसकेको छ ।  


कस्तो लाग्यो ?

यो पनि