जेठ ०६, २०८१, आइतबार
               

झारफुकको नाटक गरेर भाउजुलाई बलात्कार गर्ने युवक पक्राउ

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले सल्यानमा झारफूक गर्ने भन्दै बाहना बनाएर भाउजुलाई बलात्कार गर्ने एक युवकलाई पक्राउ गरेको छ । शारदा नगरपालिका– ८ सिमखर्चका ३८ वर्षीय युवकले झारफुक गर्ने नाटकको बाहाना बनाएर नातामा आफ्नै भाउजु पर्ने महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सल्यान जिल्ला प्रहरी कार्यालयका अनुसार पीडित महिलामाथि गत साउन २० गते राति देवर पर्ने युवकले झारफुक गर्ने भन्दै जबरजस्ती बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको हो । ती बलात्कार गर्ने आरोपिलाई गत साउन २९ गते पक्राउ गरेर शुक्रबार जिल्ला अदालत सल्यानबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि