असोज ०५, २०८१, शनिबार
               

कोभिड-१९ अनुकुल कार्ययोजना बनाइ अघि बढ्न पत्रमार्फत सरकारलाई सुझाव

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । पर्यटन व्यवसायीले ६ महिनाभन्दा लामो समयदेखि आम्दानीविहीन व्यवसायी र काम गुमाएका मजदुरको धैर्यको बाँध नटुट्दै पर्यटन व्यवसाय बचाउने गरी कदम चाल्न भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई चिठ्ठी लेखेका छन् ।

करिब दुई दर्जन संघसंस्थाले संयुक्त रुपमा मन्त्री योगेश भट्टराईलाई जनस्वास्थ्यलाई ध्यानमा राख्दै व्यवसाय सुरु गर्ने वातावरण बनाइदिन भन्दै सो पत्र लेखेका हुन् । 

लकडाउनलाई खुकुलो पार्दै लगेको सरकारले पर्यटन र हवाई यात्रा खोल्ने निर्णय लिए पनि कोरोना संक्रमितको संख्या बढ्दै गएकाले भदौ १ देखि हुने भनिएको आन्तरिक हवाई उडान तथा अन्तरजिल्ला सवारीसाधन आवतजावत पुन: १५दिनका लागि बन्द गरिएको छ । 

लामो समय आम्दानीविहीन र कामविहीन हुँदा व्यवसाय र व्यक्तिको दैनिकीमा पर्ने प्रभावबारे गम्भीर हुन आग्रह गर्दै पर्यटन व्यवसायीले मन्त्रीलाई लेखेको सो पत्रमा व्यवसायीले व्यवसायी, कर्मचारी र मजदुरको धैर्यको बाँध टुट्ने अवस्था नआउँदै विकल्पबारे सोच्न आग्रह गरेका छन् । 

यसका अलवा उनीहरुले कोभिड-१९सँगै अगाडि बढ्ने परिस्थितिमा कोभिड-१९ अनुकुलताका कार्ययोजना बनाई निरोधात्मक तथा प्रतिरोधात्मक व्यवस्था गर्दै भदौ १६ बाट हवाई सेवा, पर्यटकीय यातायात तथा पर्यटनसँग सम्बिधत सेवा तथा गतिविधि सञ्चालनका लागि वातावरण बनाउन पनि पत्रमार्फत अनुरोध गरेका छन् । 

यो पनि