बैशाख २७, २०८१, बिहीबार
               

उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच गएको २४ घण्टामा देशभर ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २४० जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । 

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।

आज ११ हजार ५७५ पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै हालसम्म चार लाख ९४ हजार ६१३ पिसिआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार, हाल देशभर १४ हजार ६३८ जना क्वारेन्टाइनमा छन् । 

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि