बैशाख २७, २०८१, बिहीबार
               

शुक्रबार थपिए ५९४ संक्रमित

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

यसैबीच, गएको २४ घण्टामा २४० जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । 

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।

आज ११ हजार ५७५ पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म चार लाख ९४ हजार ६१३ पिसिआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार, हाल देशभर १४ हजार ६३८ जना क्वारेन्टाइनमा छन् । 

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि