असोज ०५, २०८१, शनिबार
               

भानुमा ठेकदारबाट फैलियो कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

तनहुँ । भानु नगरपालिकामा ठेकेदारबाट कोरोना संक्रमण फैलिएको छ ।

साउनको तेस्रो हप्ताको अन्तिममा हेटौंडाका दुई जना तनहुँको भानु नगरपालिका आइपुगेका ठेकेदारले आएलगत्तै तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाको विभिन्न ठाउँका निर्माण क्षेत्रमा ठेक्का लिएका थिए ।

ठेकेदारसँगको सम्पर्कमा आएका भानु नगरपालिका वडा नम्बर १ का एक जना पुरुषमा कोरोनाको सामान्य लक्षण देखियो । संक्रमणको शंका लागेपछि उनीसहित केहीले साउन २३ गते स्वाब परीक्षणका लागि नमुना दिए । उनीहरुमध्ये २ जना पुरुषमा कोरोना संक्रमण भएको साउन २६ गते रिपोर्ट आयो ।

स्वाब दिएका मध्ये ८५ जनाको रिपोर्ट आयो । जसमा २० जनामा संक्रमण पुष्टि भएको छ । 

संक्रमित हुनेमा प्रहरी दुई जना, मासु पसलका तीन जना, वर्कसप व्यवसायी एक जना र बाँकी निर्माण व्यवसायका कामदार र स्थानीय छन् । उनीहरुले धेरै ठाउँमा आउ–जाउ गरेकाले कन्ट्याक ट्रेसिङमा समेत समस्या परेको छ ।

‘पछिल्लो समय संक्रमण देखिएका २० जनाको कन्ट्याक ट्रेसिङमासमेत समस्या परेको छ । नामावली तयार गरिरहेका छौं,’ जनस्वास्थ्य अधिकृत भने, ‘उनीहरु कहाँ कहाँ गएका थिए भन्ने पत्ता लगाउनसमेत गाह्रो परिरहेको छ ।’

स्वाब दिएकामध्ये ३७ जनाको रिपोर्ट आउन बाँकी रहेको नगरपालिका प्रमुख उदय गौली बताउँछन् ।


कस्तो लाग्यो ?

यो पनि