असोज ०५, २०८१, शनिबार
               

व्यापारीमा संक्रमण देखिएपछि विशाल बजारदेखि इन्द्रचोकसम्मका सबै पसल बन्द

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

काठमाडौं  ।  एक व्यापारीमा कोभिड-१९ संक्रमण देखिएपछि न्युरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका सबै पसलहरु बन्द गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा २४ मा पर्ने उक्त क्षेत्र आजबाट भदौ ७ गतेसम्मका लागि बन्द गर्न वडाले अनुरोध गरेको छ ।

वडाले गरेको जारी विज्ञप्तिमा 'न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति २०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ,' भनिएको छ ।

वडाध्यक्ष बालकृष्ण श्रेष्ठको अनुरोधमा उक्त क्षेत्र पूर्णरुपमा बन्द गरिएको स्थानीयले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि