बैशाख २६, २०८१, बुधबार
               

टिचिङका थप चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कति पुगे संक्रमित ?

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । त्यसमध्ये चार जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

हाल इमर्जेन्सी विभाग सिल गरिएको छ । नयाँ संक्रमित स्वास्थ्यकर्मी इमरजेन्सीको नभई अन्य वार्डको रहेको बताइएको छ ।

यसैबीच, शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका चिकित्सक सन्तकुमार दासका अनुसार अहिलेसम्म अस्पतालमा कार्यरत २२ जनामा कोरोना संक्रमण देखिएको छ । 


कस्तो लाग्यो ?

यो पनि