बैशाख २७, २०८१, बिहीबार
               

पाँच वर्षीया बालिकासहित गण्डकीमा थपिए २१ संक्रमित

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान तनहुँ र स्याङजाका २१ जना संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार तनहुँको भानु नगरपालिका–१ का २२ देखि ५२ वर्ष उमेर समुहका १४ जना पुरुष तथा पाँच वर्षीया बालिका सहित ६ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी स्याङजाको पुतलीबजार नगरपालिका–१ का ३९ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ । 

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।

योसँगै गण्डकी प्रदेशमा मात्र कोरोना संक्रमितको संख्या १ हजार ६ सय ८१ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि