असोज ०५, २०८१, शनिबार
               

बाँकेमा लागु औषध ब्राउन सुगरसहित दुई युवा पक्राउ

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

बाँके । बाँके प्रहरीले लागु औषध ब्राउन सुगरसहित दूई युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा २२ शान्ति चोक निवासी ३२ वर्षीय राकेशकुमार लोनिया र २८ छविलाल लोनिया रहेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवाश खड्काका अनुसार उनीहरूलाई गोप्य सूचनाको आधारमा  बिहीबार दिउँसो शान्ति चोकबाट पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट दुई ग्राम एकसय मिलिग्राम ब्राउन सुगर बरामद भएको डिएसपी खड्काले जानकारी दिएका छन् ।

पक्राउ परेका दुबै जना विरुद्ध लागु औषध मुद्दा दायर गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि