बैशाख २७, २०८१, बिहीबार
               

बैंक कर्मचारी र चिकित्सकसहित थप ४८ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

वीरगञ्ज । पर्सामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा स्वास्थ्यकर्मीसहित ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरूष र १२ जना महिला छन् । दुई वर्षका बालकदेखि ६९ वर्षका वृद्धसम्मलाई संक्रमण पुष्टि भएको छ । 

संक्रमित हुनेहरुमा बाराका २१ जना, पर्साका २५ जना र मोहत्तरीका दुई जना रहेका छन् ।

नारायणी अस्पतालमा कार्यरत २७ वर्षीया चिकित्सक, अस्पतालमा कार्यरत सरसफाई कर्मचारी दुई जना महिला र एक जना पुरुष र तीन जना सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगन्जस्थित ग्लोबल आइएमई बैंकका ४३ बर्षका एक पुरुष कर्मचारीको समेत कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

वीरगन्ज महानगरपालिका–११ श्रीपुरका एक जना, वडा नम्बर १० घडीअर्वा पोखरीका दुई जना, वडा नम्बर २ छपकैयाका दुई जना, वडा नम्बर १३ राधेमाइका दुई जना र वडा नम्बर ४, ८, १४, १५ र २५ का १–१ जनामा कोरोना संक्रमण देखिएको छ ।

बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकाका विभिन्न वडाका २० जना, विश्रामपुरका २४ वर्षीय एक पुरुष र महोत्तरी जिल्ला जलेश्वरका चार वर्षीय बालक र ३७ वर्षीया महिलाको समेत कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।


कस्तो लाग्यो ?

यो पनि