रौतहट । रौतहटको सीमावर्ती राजपुर नगरपालिकामा भैसी व्यापारी र प्रहरीबीच झडप हुँदा १२ राउण्ड हवाइ फायर भएको छ ।
बिहीबार सिमापारीबाट ठूलो संख्यामा भैंसी आएको सूचना आएपछि आज दिउँसो जिल्ला प्रहरी कार्यालय गौर र ईलाका प्रहरी कार्यालय राजपुरबाट गएको गस्ती टोली र भैंसी तस्करबीच झडप भएको हाे ।
भारतबाट चोरिलुकी भित्र्याएको भैंसी नियन्त्रणमा लिन खोजेपछि भैंसी व्यापारी र प्रहरीबीच राजपुर नगरपालिकामा झडप भएको थियो । झडपमा प्रहरीले १२ राउण्ड हवाई फायर गरेर अवस्थालाई नियन्त्रणमा लिएको हो ।
हवाई फायर गरे पनि व्यापारीबाट प्रहरीले भैंसी भने नियन्त्रण लिन सकेन । प्रहरीलाई देखेपछि व्यापारीको केही समूहले भैंसी धपाउँदै अन्यत्र लगेको प्रहरीले जनाएको छ ।