बारा । कोरोना संक्रमणबाट पूर्वगाविस अध्यक्षसहित २ जनाकाे मृत्यु भएको छ । उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएका दुवै जनाको बिहीवार दिउँसो आएकाे पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हाे ।
मृत्यु हुनेमध्ये एक जना ६५ वर्षीय पूर्व गाविस अध्यक्ष रहेका छन् । त्यस्तै बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ सिमराका ५० वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएकाे हाे ।
यसैसँगै बारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।