काठमाडौं । पर्साको पर्सागढी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण भएको छ ।
सो नगरपालिकाका मेयर लोकनारायण यादवमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य बिग्रिएपछि स्थानीय तराई अस्पतालमा भर्ना भएका उनलाई शुक्रबार थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौैं ल्याइएको थियो । उनमा दुवै फोक्सोमा निमोनियाको संक्रमण र अक्सिजनको कमी थियो ।
कोरोना संक्रमणको घडीमा आफूलाई संयमित राख्न र सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण नगरवासीमा उनले अपिलसमेत गरेका छन् ।