मंसिर ०७, २०८१, शुक्रबार
               

कलङ्की, कालीमाटीमा सिल, अत्यावश्यक बाहेकका पसल बन्द

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन थालेपछि काठमाडौँ महानगरपालिका वडा नम्बर १४ मा अत्यावश्यक बाहेकका पसल बन्द गरिएको छ ।

वडा कार्यालयले प्रेस विज्ञप्ति निकालेर निकालेर सिल गरेको हो । आफ्नो क्षेत्रमा समुदायमा नै कोरोना फैलिसकेको निष्कर्ष निकालेर बिहीबारदेखि अत्यावश्यक बाहेकका पसल नखोल्ने निर्णय गरेको हो ।

केही दिनअघि क्यासेट पसलका एक जनालाई सङ्क्रमण देखिएको र पछि कन्ट्याक्ट ट्रेसिङ गर्दा अन्यमा पनि सङ्क्रमण पाइएको विज्ञप्तिमा उल्लेख छ । बिहीबारदेखि १५ दिनसम्म अब वडा नम्बर १४ का कलङ्की, कालीमाटी, खड्का गाउँ, कुलेश्वर, बल्खु खोलासम्मका पसल तथा गतिविधि बन्द गरिएको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिईन् ।

अब फलफुल तथा तरकारी व्यवसायीले बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र पसल खोल्न पाउने छन् भने औषधिलगायत खाद्यान्न खुद्रा व्यवसायीले दुरी कायम गरेर मात्र दिनभर पसल खोल्न पाउने छन् । यसअघि कोटेश्वर, हाँडिगाँउलगायत बिविभन्न क्षेत्रहरू सिल गरिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि