असोज ०६, २०८१, आइतबार
               

आधा कर्मचारी मात्र उपस्थिति गराउन शिक्षा मन्त्रालयद्वारा मातहतका कार्यालयलाई निर्देशन

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका निकायलाई आलोपालो प्रणाली लागू गरी कार्यालयमा बढीमा ५० प्रतिशत कर्मचारी मात्र उपस्थित हुन निर्देशन दिएको छ ।

मन्त्रालयले शिक्षकसेवा आयोग, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, केशर पुस्तकालय, राष्ट्रिय किताब खाना (शिक्षक), सिटीइभिटी, विश्व विद्यालय अनुदान आयोग र डिल्लीरमण कल्याण स्मारक पुस्तकालयलाई यस्तो निर्देशन दिएको हो ।

यसका अलवा मन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, शिक्षाका लागि खाद्य कार्यक्रम परियोजना, सीटीईभीटी परियोजना, मन्त्रालयअन्तर्गतका सबै महाशाखा, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय पुस्तकालय, चिकित्सा शिक्षा आयोग र जनक शिक्षा सामग्री केन्द्रलाई आधाभन्दा कम कर्मचारीबाट कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । 

शिक्षा मन्त्रालयले बिहीबार एक परिपत्र जारी गर्दै मातहतका कार्यालयलाई यस्तो निर्देशन दिएको हो । 

यसअघि साउन २६ को मन्त्रिपरिषद् बैठकले दुई सयभन्दा बढी संक्रमित भएका जिल्लामा बढीमा ५० प्रतिशत कर्मचारी राखेर कार्यालय चलाउन निर्णय गरेको थियो ।

यो पनि