जेठ ०७, २०८१, सोमबार
               

सुर्खेतमा थप १८ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १८ जना कोरोना संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतको वीरेन्द्नगर नगरपालिकाका १७ जना र लेखबेसी नगरपालिकाका एकजना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार वीरेन्द्रनगर नगरपालिका-१० का २०, २५ र २७ वर्षका तीन जना महिला, १, २, ३, २५, २७ र ४६ वर्षका ६ जना पुरुष, वडा नम्बर १३ का २२ र २५ वर्षका दुई जना महिला,  ६, १३, २०, २७, ३२ र ३८ वर्षका ६ जना पुरुष रहेका छन् । लेकबेसी नगरपालिका-७ का ४३ वर्षीय पुरुषमा समेत कोराेना संक्रमण पुष्टि भएको छ ।

याेसँगै कर्णालीमा कोरोना स‌ंक्रमितको संख्या २०५२ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि