असोज ०५, २०८१, शनिबार
               

ट्राभल हिस्ट्री नभएकामा कोरोना देखिएपछि नगरपालिकाबाट प्रवाह हुने सेवा बन्द

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

काठमाडौं  । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एक हप्ताका लागि नगरपालिकाबाट प्रवाह हुने सबै सेवा बन्द गर्ने भएको छ ।

नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले नगरपालिकाकाबाट प्रवाह हुने सबै सेवा बन्द हुने निर्णय गरेसँगै सो नगरपालिकाबाट नियमित प्रवाह हुने सेवा सबै सेवा अब प्रवाह नहुने भएका हुन् । 

सो निर्णयसँगै  स्वास्थ्य, सरसफाइ, फोहोरमैला तथा विपद् व्यवस्थापनबाहेकका अन्य कुनै पनि सेवा प्रवाह  नहुने बताइएको छ । 

संक्रमितको संख्या बढ्दै गएकाले सबै सेवा बन्द गर्नुपरेको सो नगरपालिकाले जनाएको छ । नगरपालिकामा पाँचजना कुनै पनि ‘ट्राभल हिस्ट्रीमा कोरोना संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टामा सुर्खेतमा १८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये  वीरेन्द्नगर नगरपालिकाका १७ जना  छन ।

कर्णाली प्रदेशमा हालसम्म १९०१ जना निको भएर घर फर्केका छन् भने ६ जनाको भने मृत्यु भएको छ । 

यो पनि