असोज ०५, २०८१, शनिबार
               

६ बालबालिकासहित पर्सा जिल्लामा थप ३० जनामा कोभिड-१९ को संक्रमण

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

काठमाडौं  । पर्साको वीरगंज महानगरपालिकामा थप २९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । त्यस्तै, लालपर्साका १ जनामा पना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराको पर्सौनी १ का १ जनामा पनि संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

वीरगंजमा संक्रमण पुष्टि भएकाहरु सबै कन्ट्र्याक्ट ट्रेसिङमा परेका हुन् । उनीहरु सबैको रेलवे स्कुलबाट स्वाब संकलन गरिएको थियो । त्यसअघि संक्रमण पुष्टि भएका चारजनाको परीक्षण रिपोर्ट पोजिटिभ आएको छ ।   

संक्रमण पुष्टि भएकामध्ये पाँच वर्ष देखि ५५ वर्षसम्मका छन् । संक्रमित मध्ये १० जना महिला छन् । संक्रमण पुष्‍टि हुनेमा वीरगंज घण्टाघरकी ५ र ९ वर्षकी वर्षका बालिकाहरु र ९ वर्षका बालक छन् । उनीहरु यसअघि संक्रमण पुष्टि भएका एक पुरुषको सम्पर्कबाट ट्रेसिङमा परेका हुन् । ती पुरुषको सम्पर्कमा रहेका २६ र ५० वर्षका महिलामा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै ३८ वर्षका पुरुषमा पनि संक्रमण देखिएको छ ।

त्यस्तै, वीरगंज  घडिर्वाका ८, १०, १४ वर्षका बालकमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै,  वीरगंज गारागार ठेगाना राखिएका ८ वर्षका बालक र ३७ वर्षकी महिला पनि छन् ।

त्यस्तै, वीरगंज नयाँ बस्तीकी १२ वर्षकी बालिकामा पनि संक्रमण पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि