बैशाख १६, २०८१, आइतबार
               

पर्यटन क्षेत्रका मजदुरलाई राहत वितरण

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

कास्की । पोखराका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवका अवसरमा पर्यटन क्षेत्रका मजदूरलाई राहत वितरण गरेको छ ।

कोभिड-१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावका कारण जीवनयापनमा समस्या भोगिरहेको विपन्न पर्यटन मजदूरलाई मञ्चले राहत वितरण गरेको हो ।  

कार्यक्रममा प्रदेशसभा सदस्य राजीव पहारीले कोभिड– १९, को असरमा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र लाखौँको रोजीरोटी गुमेको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले व्यवसायी महिलाले कोभिड-१९ को असरमा परेका पर्यटन मजदूरलाई राहत प्रदान गरेर सामाजिक उत्तरदायित्व पूरा गरेका जानकारी दिए ।

वडा नम्बर ६ का वडाध्यक्ष जगतबहादुर पहारीले पर्यटन क्षेत्रको मजदूरको समस्यालाई बुझेर राहत वितरण गर्नु निकै सकारात्मक भएको बताए । पहारीले कोरोनाको सङ्क्रमण वडामा देखिए पनि आत्तिएरभन्दा सुरक्षित भएर यसबाट जोगिनुपर्ने धारणा राखे ।  

महिला पर्यटन मञ्च ओटेफका अध्यक्ष जमुना पहारीले मजदूर र व्यवसायी एकसिक्का दुई पाटा रहेको बताए । उनले पर्यटन क्षेत्रमा मजदूरको योगदानलाई बिर्सन नहुने भन्दै संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत वितरण गरेको बताए।

कार्यक्रममा पर्यटन क्षेत्रमा कार्यरत ३० जना मजदूरलाई चामल, दाल, तेल, नूनलगायतका सामग्री वितरण गरेको संस्थाका सचिव उमा भण्डारीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि