असोज ०५, २०८१, शनिबार
               

टिचिङ अस्पतालका डाक्टर र नर्समा कोरोना, आकस्मिक विभाग सिल

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

काठमाडौं  । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक विभागका डाक्टर र नर्समा कोरोना संक्रमण भेटिएको छ । 

आकस्मिक विभागका चार नर्सिङ स्टाफ र दुईजना डाक्टरलाई कोरोना भएको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिए ।

उनीहरुलाई कोरोना देखिएपछि आकस्मिक विभाग बुधबार नै सिल गरिएको छ ।  

आकस्मिक विभागमा रहेका कर्मचारीको बिहीबार पिसीआर परीक्षण गरिने र अन्यलाई कोरोना भए नभएको यकिन नभएसम्म आकस्मिक विभाग बन्द रहने दासले बताए ।  अस्पतालका अन्य ओपिडी र ओटी सेवा भने सुचारु रहेको डा. दासको भनाइ छ । 

यो पनि