जेठ ०७, २०८१, सोमबार
               

वीर अस्पतालकी एक नर्सलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । वीर अस्पतालको इमरजेन्सीमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको परीक्षणमा ती नर्समा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

उनलाई अस्पतालबाट नभई श्रीमानबाट कोरोना संक्रमण भएको हुन सक्ने अस्पतालका कोभिड फोकल पर्सन डा. अच्युत राज कार्कीले बताए । उनले भने, 'उनलाई अस्पतालबाट कोरोना सरेको हुनसक्दैन् ।'

हालसम्म इमरजेन्सी कक्षको सेवा सुचारु रहेको अस्पतालले जनाएको छ ।

यसअघि वीर अस्पतालमा तीन चिकित्सक सहित चार जनामा कोरोना संक्रमण देखिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि