जेठ ०७, २०८१, सोमबार
               

वडा कार्यालयका अर्का कर्मचारीमा पनि कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

पोखरा । पोखरा महानगरपालिकाको वडा नं. २७ का थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधवार साँझ संक्रमण पुष्टि भएका तीन जनामध्ये एक पुरुष वडाकै कर्मचारी रहेको वडाध्यक्ष पूर्ण कुमार गुरुङले जानकारी दिए ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएर परीक्षण गराएका दुई कर्मचारी मध्ये एक जनाको नतिजा पोजेटिभ आएको र अर्का एक कर्मचारीको नतिजा पनि शंकास्पद आएकाले आज फेरी पुनः परीक्षण गर्न लागिएको वडाध्यक्ष गुरुङले बताए ।

वडा कार्यालयमा कार्यारत एक कर्मचारीमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय ३० गतेसम्मका लागि बन्द गरिएको छ । 

अहिले आफू लगायतका वडा कार्यालयका सबै कर्मचारी होम क्वारेन्टाइनमा रहेको र सम्पर्कमा आएका सबैजनाको पहिचान गरी कोरोना परीक्षण गर्ने काम भैरहेको उनले बताए ।

बुधबार बेलुका वडामा कोरोना पुष्टि भएका तीन जनामध्ये एक जना बैंकका कर्मचारी र अर्का एक जना वर्कशपका कामदार रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि