काठमाडौं । अस्थायी पुल (साँघु) तर्ने क्रममा खोलामा खसेर बागलुङका एक ५८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ढोरपाटन नगरपालिका– ८ बोबाङमा साँघुबाट खसेर ५८ वर्षीय गोरे सुनार रहेको बागलुङ प्रहरीले बताएको छ । ढोरपाटन नगरपालिका– ९ का सुनार भुजीखोला तर्ने क्रममा साँघुबाट खसेका हुन् ।