बैशाख २१, २०८१, शुक्रबार
               

देशका केही स्थानमा भारी वर्षासहित पहिरो, सतर्क रहन मौसमविद्को सुझाव

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार मौसमको विवरण सार्वजनिक गर्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार दिउँसो हाज देशभर सामान्य बदली रही  धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

त्यस्तै राती पनि देशभर सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

यो पनि