मंसिर ०७, २०८१, शुक्रबार
               

लकडाउन खुलेपछि ५१ जना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा लकडाउन खुलेपछि संक्रमित र संक्रमणबाट मृत्यु हुनेकाे संख्या ह्वात्तै बढेकाे छ । 

लकडाउन खुलेयता २२ दिनकाे अवधिमा मात्र ५१ जना कोरोना संक्रमितकाे मृत्यु भइसकेकाे मन्त्रालयकाे तथ्यांकले देखाउछ भने अझै थप २ जना मृतककाे पुष्टि मन्त्रालयले सम्भवत: भोलिकाे प्रेस ब्रिफिङमा गर्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार गत साउन ६ गतेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४० जना थियो भने अहिले ९१ जना पुगेको मन्त्रालयकाे तथ्यांकले देखाउछ ।

त्यस्तै लकडाउन खुलेपछि ६ हजार ४३८ जनामा कोरोना संक्रमण देखिएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि