असोज ०५, २०८१, शनिबार
               

थप एकजना कोरोना संक्रमितकाे मृत्यु

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ । काेसी अस्पतालमा बुधबार अपरान्ह ४ बजे ५७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

केन्द्रका प्रमुख वरिष्ठ फिजिसियन डा. दिपक सिग्देलका अनुसार मृतकको स्वासप्रश्वासमा समस्या देखिएको थियो । विराटनगर महानगरपालिका-३ का उनलाई सोमबार उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको थियो ।

केन्द्रका अनुसार शव व्यवस्थापनका लागि सेनाको टोलीलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।यो सँगै काेराेना संक्रमणबाट ज्यान गुमाउनको संख्या ५ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि