जेठ ०६, २०८१, आइतबार
               

पाठ्यक्रम विकास कन्द्रलाई प्रतिवेदन तयार पार्न निर्देशन

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाठ्यक्रम विकास केन्द्रलाई प्रतिवेदन तयार पार्न निर्देशन दिएका छन् । 

कोरोनाका कारण परेको असरलाई दृष्टिगत गरी पाठ्यक्रम विकास केन्द्रलाई प्रतिवेदन तयार पार्न निर्देशन उनले निर्देशन दिएका हुन् । 

बुधबार शिक्षामन्त्री पोखरेलकै अध्यक्षतामा बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकमर्फत उनले यस्तो निर्देशन दिएका हुन् । 

कोरोनाका कारण देशभर लकडाउनको अवस्था छ । सरकारले कोरोनाका कारण स्थगित परीक्षा र विद्यार्थी भर्ना कम्तिमा १५ भदौसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार मात्र बसेको मन्त्रिपरिषद बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायतका शैक्षिक संस्था अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गर्न निर्देशन दिएको छ । 

यो पनि