जेठ ०६, २०८१, आइतबार
               

स्वचालित विधिबाट पेसी तोक्न सुझावका लागि समिति गठन

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं ।सर्वोच्च अदालतले स्वचालित विधिबाट पेसी तोक्ने विषयका लागि सुझावसहितको प्रतिवेदन पेसका लागि समिति गठन गरेको छ । 

सर्वोच्च अदालतले पारदर्शी र वैज्ञानिक व्यवस्थापनका लागि सो समिति गठन गरी सुझावका लागि अनुरोध गरेको हो । 

प्रधानन्यायाधीशले तजबिजमा मुद्दाको पेसी तोक्दा भ्रष्टाचार चलखेल  हुने गरेको बताइएको छ । यदि सो विधि कार्यान्वयन भएमा लामो समयदेखि सो आक्षेपको निराकरण हुने अनुमान गरिएको छ । 

स्वचालित पेसी व्यवस्थापनका सम्बन्धका लागि सर्वोच्चले यसअघिका प्रतिवेदन अध्ययन गरी सो पद्धति लागू गर्ने सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेस गर्न समितिलाई एक महिनाको कार्यविधि दिएको थियो ।

सो समितिमा वरिष्ठ न्यायाधीश दीपककुमार कार्की,  हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ छन् ।कार्की सो समितिका अध्यक्ष हुन् भने अन्य सदस्य हुन् । यसका अलवा सो समितिमा सर्वोच्च अदालतका रजिष्टार, नायब महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्ष,सर्वोच्च अदालत बार एसोसिएसनका सदस्य समितिमा रहनेछन् ।


कस्तो लाग्यो ?

यो पनि