असोज ०५, २०८१, शनिबार
               

बर्दिवास नगरपालिकाका तीन वडा कार्यालयमा निषेधाज्ञा जारी

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं ।बर्दिवास नगरपालिकाको वडा नम्बर १, २ र १४ मा निषेधाज्ञा जारी गरिएको छ । 

महोत्तरीको बर्दिवासमा कोरोना भाइरसको संक्रमण समुदायमै फैलिन थालेपछि बुधबार राति १२ बजेबाट  लागू हुने गरी ती क्षेत्रमा भदौ २ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको हो । 

यसअघि सो क्षेत्रमा साउन २१ देखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा जारी गरे पनि कोरोना संक्रमितको संख्या बढ्दै गएकाले सो क्षेत्रमा पुन: लकडाउन थप गरिएको हो । 

नगरपालिकाको बुधबार बसेको बैठकले निर्णय गरी बन्दाबन्दी थप गरेको हो ।

बन्दाबन्दी अवधिभित्र अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

यस अवधिमा अस्पताल, औषधि पसल, दमकल, एम्बुलेन्स, सञ्चार सेवा, बैक तथा वितीय संस्था दैनिक उपभोगका सामानलगायत अत्यावश्यक सेवा मात्र सञ्चालन हुन पाउने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि