जेठ ०७, २०८१, सोमबार
               

किस्ट अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

ललितपुर । ललितपुरको किस्ट अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ ।

बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

बुधबार बिहान ४ बजे उनको मृत्यु भएको हो । उनको कोरोना रिपोर्ट भने दिउँसो आएको हो । उनी दम तथा मुटु रोगी थिए ।

साउन २६ गते राति उनलाई त्रिवि शिक्षण अस्पतालले किस्टमा रिफर गरेको थियो । 

गएराति किस्ट अस्पतालमा कोरोना संक्रमित काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि