जेठ ०७, २०८१, सोमबार
               

वीरगञ्जमा किट अभाव, स्वाब काठमाडौं पठाइयो

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा रि-एजेन्ट र आरएनए एक्सट्रयाक्सन किट अभाव भएको छ ।

रि-एजेन्ट र आरएनए एक्सट्रयाक्सन किट अभाव भएपछि १२ सय नमुना स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको छ ।

कोरोना जाँच गर्न पीसीआर परीक्षण गर्दा विभिन्न प्रक्रियामा रि-एजेन्ट र आरएनए एक्सट्रयाक्सन किट अनिवार्य हुन्छ ।

अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयर र गण्डक अस्पतालबाट संकलित संक्रमितको दोस्रो स्याम्पल, नारायणी अस्पताल र अन्यत्र संकलन गरिएका केही नयाँ नमुना पीसीआर परीक्षण गर्न काठमाडौं पठाइएको हो । 

रि-एजेन्ट र आरएनए एक्सट्रयाक्सन किट लिन गएको एम्बुलेन्समा १२ सय नमुना स्याम्पल पनि परीक्षणका लागि पठाइएको प्रयोगशाला प्रमुख डा. निरा पाठकले जानकारी दिइन् ।

रि-एजेन्ट र आरएनए एम्सट्रयाक्सन किट सकिनै लागेको र किट लिनका लागि एम्बुलेन्स जाँदा केन्द्रीय प्रयोगशालासँग समन्वय गरेर पीसीआर परीक्षणका लागि स्वाबका नमुना पनि पठाएको उनले बताइन् । 

उनका अनुसार, आरएनए एक्सट्रेसन गरिसकेको ५० वटा जति स्याम्पल नमुना परीक्षणका लागि मात्रै रि-एजेन्ट बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि