जेठ ०७, २०८१, सोमबार
               

प्रचण्ड निवासका थप दुई जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । सात्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित एक जना गाडी चालक र एक जना भान्से रहेको छन् ।

प्रचण्डकी छोरी गंगा दाहालको चालक र सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका भान्सेमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि प्रचण्डको बाहिरी सुरक्षामा तैनाथ ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको थियाे ।

हाल अध्यक्ष प्रचण्डसहित परिवारका सदस्यहरु होम क्वारेन्टाइनमा बसिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि