जेठ ०७, २०८१, सोमबार
               

सांसद कुसुमलाई कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

विराटनगर । प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

उनी धनकुटा जिल्लाबाट प्रदेशसभामा निर्वाचित सांसद हुन् ।

सांसद श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी इटहरीमा बस्दै आएकी छन् ।

उनले शनिबार धरानमा स्वाब दिएकी थिइन् । बुधबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताइएको छ । 

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार ५६३ पुगेको छ ।

तीमध्ये एक हजार १४ जना कोरोना मुक्त (डिस्चार्ज) भएका छन् ।

यो पनि