जेठ ०७, २०८१, सोमबार
               

चितवनको सबै स्थानीय तहमा पुग्यो कोरोना, इच्छाकामनामा पनि भेटिए संक्रमित

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । 

भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा इच्छाकामना–५ की एक महिलामा कोरोना संक्रमण देखिएको हो ।

साउन २७ गते गरिएको ३१० स्वाब परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

जसमध्ये इच्छाकामना–५ निवासी ७८ वर्षीया महिलासहित चितवनका १२ जना र अन्य बाहिरी जिल्लाका छन् । 

संक्रमित ७८ वर्षीया महिलाको मौलाकालिका हस्पिटलमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

इच्छाकामनामा पहिलो पटक कोरोना संक्रमित भेटिएसँगै चितवनका सबै (सात वटै) स्थानीय तहमा कोरोना फैलिएको छ ।


कस्तो लाग्यो ?

यो पनि