जेठ ०७, २०८१, सोमबार
               

कोरोना संक्रमणबाट पूर्व मेयरको मृत्यु

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख (मेयर) कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

जनकपुरधाम स्थित होटेल रामाका संचालकसमेत रहेका पूर्व मेयर गिरीको काठमाण्डौंको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उपचारका क्रममा मंगलबार मध्यराति उनको मृत्यु भएको छोरा डा. सन्तोष गिरीले जानकारी दिए । 

२० दिनदेखि अस्पतालमा रहेका ७२ वर्षीय कृष्ण गिरी मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित रहेको बताइएको छ । उनको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । यद्यपी कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि अस्पतालले गरिसकेको छैन ।

मेडिसिटी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा थप समस्या देखिएपछि केही दिनअघि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

जनकपुरमा रहँदा रोगले च्यापेपछि हेलिकप्टर चार्टर गरेर उनलाई काठमाण्डौं ल्याइएको थियो ।

उनका आफन्तका अनुसार २०४२ सालमा जनकपुरको मेयर बनेका गिरीका श्रीमती र दुई छोराहरु (चिकित्सक) छन् ।


कस्तो लाग्यो ?

यो पनि