जेठ ०७, २०८१, सोमबार
               

किस्ट अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

ललितपुर । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एक महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

आइसीयुमा उपचाररत महिलाको मृत्यु भएको हो ।

काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको हो । ती महिलाको (बुधबार बिहान) कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

उनलाई यही साउन २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो ।

बुधबार नै ललितपुरको पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया एक महिलाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि