कञ्चनपुरमा क्वारेन्टाइनमा बसेकी २२ वर्षीया युवतीको करेन्ट लागेर मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका–६ स्थित महाकाली माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी राधा वडको करेन्ट लागेर मृत्यु भएको हो ।
उनलाई नुहाउने क्रममा करेन्ट लागेको थियो । घाइते वडको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।