बैशाख १७, २०८१, सोमबार
               

बाबुको मृत्युपश्चात आमाले छाडेका बालकको बिजोग

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

काठमाडौं  । लामो समयसम्म बिरामी रहेका बुवाको मृत्यु भएसँगै आमाले पनि छोडेर सम्पर्कविहीन भएपछि डोटीको सायल गाउँपालिका–६ नारा गाउँका तीनजना बालकको बिचल्ली भएको छ । 

पचपन्न वर्षीय बुवा बाजी खातीको करिब १५ महिनाअघि रोगका कारण मुत्यु भएको थियो । बुवाको मृत्यु भएको छ महिनापछि नै आमासमेत सम्पर्कविहीन भएकी थिइन् । 

बुवा खातीको मृत्यु भएसँगै घरमा रेखदेख तथा हेरचाह गर्ने कुनै पनि अभिभावक नभएका कारण उनका तीन छोरा नौ वर्षीय लक्ष्मण खाती, दुई वर्षीय कृष्ण खाती र चार वर्षीय गणेश खातीको बिचल्ली भएको हो । 

अभिभावकविहीन बालकलाई सहयोग गरिदिन स्थानीयवासीले सबैमा आग्रह गरेका छन् । आमाबुवाविहीन भएका ती बालकलाई खाना दिनेसमेत मान्छे छैनन् । उनीहरु खरले छाएको चुहिने सानो झुपडी घरमा  भोकै बस्न बाध्य छन् ।

सहाराविहीन बनेका ती बालकलाई अहिलेसम्म कसैले पनि सहयोग तथा स्याहार नगरेका कारण झनै समस्या हुँदै आएको सायल गाउँपालिका–६ का स्थानीयवासी रमेशबहादुर थापाले बताए । 

दीर्घरोगका रुपमा रहेको दम र क्षयरोगले पीडित बाजी खातीको मृत्यु भएसँगै वडाका नागरिकको सहयोगमा उनीहरुका लागि केही खाद्यान्न र लुगा कपडा दिए पनि घरमा पकाएर दिने मान्छे नभएका कारण ती बालकलाई समस्या भएको सायल गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर खडायतले बताए ।

श्रीमानको मृत्यु भएको केही महिनामै छिमेकी मुलुक भारतको उडिसा शहरमा माइती भएकी आमा गोमा खाती नाबालक छोरा छोडेर उतै सम्पर्कविहीन भएकी थिइन् । 


कस्तो लाग्यो ?

यो पनि