असोज ०६, २०८१, आइतबार
               

रुकुम चौरजहारी घटनाका मृतकका परिवारलाई १० लाख दिने सरकारको निर्णय

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले रुकुम चौरजहारी घटनाका मृतकका परिवारलाई १० लाख दिने सरकारको निर्णय गरेको छ । 

रुकुम पश्चिम चौरजहारीमा गत जेठ १० गते भएको घटनाका मृतकका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए । 

यसका अलवा उनले घाइतेहरुको उपचार गर्दा लागेको बिल बमोजिमको उपचार खर्च उपलब्ध गराउने पनि बताए । 

सो घटनामा १२ जना घाइते भएका थिए । 

केही समयअघि अन्तरजातीय विवाहको विषयलाई लिएर भएको घटनामा भेरी नगरपालिका ९ जाजरकोटका नवराज विक, गणेश बुढामगर, लोकेन्द्र सुनार, संजिव विक, गोविन्द शाही,  जाजरकोट इन्द्रबहादुर शाही, टिकाराम सुनारको निधन भएको थियो । 

यो पनि