काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ ।
प्रमुख आयुक्त घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमित प्रमुख आयुक्त घिमिरे घरमै आइसोलेसनमा बसेको बताइएको छ । अख्तियारले यसबारे औपचारिक जानकारी भने दिएको छैन ।
उनी एक साताभन्दा बढी समययता कार्यालयसमेत आएका थिएनन्।