काठमाडौं । नेपाल सरकराले भदौ ३१ सम्मका लागि सबै नाका बन्द गरेको छ । मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै भदौ ३१ सम्मका लागि अन्तर्राष्ट्रिय सबै नाका बन्द गरेको हो ।
मन्त्रिपरिषद्को यो निर्णयसँगै अब नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रि प्रवेश बिन्दु तथा सीमानाका आगामी भदौ ३१ गतेसम्मका लागि बन्द हुनेछन् ।
यसअघि सरकारले साउन ३१ सम्म कायम हुनेगरी निर्णय गरेकोमा पुन: सरकारले एक महिनाका लागि अन्तर्राष्ट्रिय नाका बन्द गरेको हो ।
सरकारका प्रवक्ता तथा सूचनासञ्चार मन्त्री युवराज खतिवडाले स्वदेश आउनै पर्ने नेपालीका लागि तोकिएको प्रवेश बिन्दुबाट प्रवेश दिने र ढुवानी पनि कायमै रहने बताए ।