बैशाख २४, २०८१, सोमबार
               

भक्तपुरको एक केमिकल उद्योगमा आगलागी

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

काठमाडौं ।  भक्तपुरको मध्यपुर थिमिमा रहेको एक केमिकल उद्योगमा आगलागी भएको छ । 

मंगलबार युनाइटेड नेपाल केमिकल प्रालिमा आगलागी भएको हो । भक्तपुर प्रहरीले  हाल आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताएको छ ।  सो कार्यमा भक्तपुरका दुई र ललितपुरबाट एउटा दमकल परिचालन भएको बताइएको छ ।

यसका अलवा सो आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी लागिपरेको भक्तपुर प्रहरीले जानकारी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि