काठमाडौं । अब ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापार गर्न पाइने छैन ।
कोरोनाको संक्रमण बढ्ने आँकलन गर्दै नेपाल सरकारको मन्त्रिपपिरिषद्को बैठकले ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापार गर्न पाइने निर्णय गरेसँगै ठेलागाडमा व्यापर गर्न नपाइने भएको हो ।
सोमबार बसेको बेठकले साइकल तथा ठेलामा हुने व्यापार तथा कवाडी संकलनमा रोक लगाउने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले कोभिड–१९ को संक्रमण समुदायस्तरमा विस्तार हुने जोखिम बढेकाले यस्तो निर्णय गरिएको जानकारी दिए ।